शुक्रबार , साउन १५, २०७८

मेसी बार्सिलोनामै रहने, तलब ५० प्रतिशतले कटौती !

असार ३१, २०७८ बिहिबार 144

एजेन्सी ।   लियोनल मेसीले बार्सिलोनासँग ५ वर्षका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् । यस सम्झौताअनुसार

३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर मेसीले बार्सिलोनामा ५ सय

५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेसीले पाउने अन्य सुविधा भने बढ्ने अनुमान गरिएको छ । सम्झौताको सबै खाका

तयार भइसकेको छ र त्यसमा हस्ताक्षर हुनमात्रै बाँकी छ । बार्सिलोनाबाट प्रकाशित हुने पत्रिका एल ईस्र्पोटिऊका अनुसार बुधबार मेसी र बार्सिलोना

सहमतिमा पुगेका छन् र यसबारे औपचारिक घोषणा चाडैं नै हुनेछ । भर्खरैमात्र कोपा अमेरिका जितेका मेसी दुई सातादेखि फ्रि एजेन्ट छन् । नयाँ सिजन

सुरु हुन लागेको अवस्थामा बार्सिलोना समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि यो समाचार निकै उत्साहप्रद छ । किनकी, मेसी र

क्लबबीचको सम्झौता टुंगिएर नयाँ सम्झौता नहुँदा उनीहरु निकै चिन्तित छन् । यो सम्झौताले पूर्णता पाउन केही दिन वा जुलाई महिनाको

अन्त्यसम्म पनि लाग्नसक्नेछ । किनकी, मेसीलाई आबद्ध गर्नका लागि क्लबले अझै केही खेलाडीहरुलाई बेच्नुपर्नेछ । पछिल्लो समय धेरै

खेलाडीहरु पाल्नुपर्दा बार्सिलोनालाई आर्थिक दबाब परेको छ, मेसीलाई समेत आबद्ध गर्दा उसले कुल खेलाडीलाई दिने तलब रकमले

ला–लिगाको मापदण्ड पार गर्छ । त्यहीकारण मेसीलाई क्लबमा राख्नका लागि उसले केही खेलाडीलाई बेचेर आफ्नो तलबको भार कम

गर्न खोजेको छ । गत जुनमा मेसीको र बार्सिलोनाको सम्झौता सकिएलगत्तै पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटीलगायत क्लबहरुले मेसीमा आँखा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्