शुक्रबार , साउन १५, २०७८

प्रचण्ड र विप्लवलाई माधव नेपालले भने-‘पूर्व माओवादीहरु मिल्नुस्’

असार ३१, २०७८ बिहिबार 211

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष

पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताबीच भेटबार्ता भएको छ । भेटमा एमाले

नेता नेपालले पूर्व माओवादीहरुलाई मिल्न सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको भेटवार्तामा उनले पूर्व माओवादी मिल्नु पर्नेमा जोड दिएका हुन् । आज मात्रै नेता

नेपालको कोटेश्वरस्थित निवासमा तीन नेताहरुबीच भेटवार्ता भएको हो । ‘उहाँले प्रचण्ड र विप्लवलाई मिल्न आग्रह गर्नु भयो । तपाईहरु

पनि मिल्नुस् हामी पनि मिल्छौं भन्नुभयो । कम्युनिष्टहरुको एकतामा जोड दिनु भयो’, नेपाल निकट नेताले भने । भेटवार्तामा सबै नेताहरुले

कम्युनिष्ट एकताप्रति आफूहरु सकारात्मक रहेको बताएको जनाइएको छ । सोही क्रममा सरकारले विप्लव नेतृत्वको पार्टीसँग वार्ताका

क्रममा गरेको तीन बुँदे सहमतिबारे समेत चर्चा भएको थियो । ओली नेतृत्वको सरकार ढलेपछि विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् ।

प्रतिकृया दिनुहोस्