मंगलबार , साउन १२, २०७८

सक्ताको चाबी नेपालको हातमा

साउन १, २०७८ शुक्रबार 147

काठमाडौं । यति बेला शेर बहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव कुमार नेपालमा निर्भर बनेको छ

। नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक

विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ । यसलाई राम्ररी बुझेका प्रधानमन्त्री

देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विशवासको मताका लागि सहयोग

गर्ने आश्वासन दिएका छन् । तर उनीहरु दुईजनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली भने चिढिएका छन् । बुधबारको भेटवार्तामा

देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनस्र्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो ।

हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरकार एक महिनामै ढल्ने र प्रतिनिभीसभा फेरि विघटन भएर मुलुक मध्यावधि

निर्वाचनमा जाने अवस्था आउँछ । त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई

दिएका छन् । नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनाफानो हुनुपर्ने बताउँछन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्