शुक्रबार , साउन १५, २०७८

देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमाले निर्णय

साउन १, २०७८ शुक्रबार 226

काठमाडौँ । नेकपा एमालेले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत

नदिने निर्णय गरेको छ। एमालेको आज बसेको स्थायी कमिटिको बैठकले सो निर्णय गरेको हो । एमालेले देउवा नेतृत्वको

सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले विश्वासको

मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको पनि ज्ञवालीले जानकारी दिनुभयो । कसैलाई

विश्वासको मत दिन मन लागेमा सर्वोच्च अदालतले बाटो खोलिदिएको छ, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई इंगित गर्दै ज्ञवालली भन्नुभयाे, हामी तर प्रतिपक्षीय भूमिका निर्वाह गर्छौं ।

प्रतिकृया दिनुहोस्