मंगलबार , साउन १२, २०७८

सेनामा नयाँ साङ्गठनिक संरचना कार्यान्वयन

साउन २, २०७८ शनिबार 109

काठमाडौँ । नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा ल्याएको छ । सङ्गठनको ‘चेन अफ

कमाण्ड’लाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुनर्संरचना शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको छ ।

नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्ड लागू गरिएको छ ।

कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडाैँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा केन्द्रीय कमान्ड लागू

गरिएको नेपाली सेनाले जनाएको छ । सेनाले यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरेको छ । नयाँ संरचना लागू

भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काठमाडौँ उपत्यकाका एउटा गरी आठवटा पृतना शुक्रबार खारेज भएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्