मंगलबार , साउन १२, २०७८

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई बेवास्ता

साउन २, २०७८ शनिबार 98

काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग

जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह, अर्थ,

ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयलाई बेवास्ता गरेको छ । स्वास्थ्यमन्त्रीको अभावमा कोरोना महामारीसँग जुध्न सरकार आफंैलाई कठिन पर्छ तर पनि शेरबहादुर

देउवा नेतृत्वको सरकारले यसतर्फ खासै ध्यान दिन सकेको छैन । को’रोना महामारीले आमसर्वसाधारण आक्रान्त छन् । को’रोना संक्रमण महामारीको

जोखिम यथावत् रहेको बेला सर्वोच्च अदालतको परमादेशबाट गठन भएको यो सरकारको प्राथमिकतामा स्वास्थ्य मन्त्रालय पर्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्