शुक्रबार , साउन १५, २०७८

मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली

साउन २, २०७८ शनिबार 102

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान गण्डकी प्रदेशका अधिकांश

स्थान र प्रदेश १, प्रदेश २,बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम

वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का केही स्थान भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले

जनाएको छ । राति देशभर मौसम बदली रही अधिकांश वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्