शुक्रबार , साउन १५, २०७८

आफ्नै रेल ल्याएको १० महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण आज हुँदै

साउन ३, २०७८ आइतबार 112

काठमाडौँ । नेपालले आफ्नै रेल ल्याएकाे लामो समयसम्म सञ्चालन हुन सकेन । करिब १० महिनादेखि थन्किएकाे

जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ आज परीक्षण गरिँदैछ । नेपालकाे एक मात्र रेलमार्ग जनकपुर–जयनगर रेल्वे सेवा

सञ्चालनका लागि रेल्वे ट्रयाकमा आजबाट ट्रयाक स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी

दिए । उनका अनुसार परीक्षणकाे सबै तयारी पूरा भइसकेको छ । कुनै पनि नयाँ रेलमार्ग सञ्चालनपूर्व ट्रयाक स्पीड परीक्षण गरिनु

महत्वपूर्ण प्रक्रिया मानिन्छ याे परीक्षण भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा गरिने भट्टराईकाे भनाइ छ । उक्त रेल

प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने बताइएकाे छ । त्यसपछि पुनः जनकपुरबाट प्रतिघण्टा

१२० किलोमिटरको गतिमा रेल जयनगर नै फर्किने छ । लामाे समयदेखि प्रयाेगविहीन भएकाले रेलवे ट्य्राकमा स्थानीयहरूले चाैपाया छाेड्ने,

बालबच्च खेल्नेसमेत गर्दै अाएका थिए । तर आइतबार भने रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सर्वसाधारणका

सूचना गर्नुका साथै रेलवे ट्य्राककाे सीमासम्म सुरक्षाकर्मी परिचालन गरिएको रेलवे कम्पनीले जनाएकाे छ । गत माघबाटै जनकपुर–जयनगर

रेल्वे सञ्चालनमा ल्याउने भनिए पनि विविध कारणले साे कार्यमा ढिलाइ भएकाे कम्पनीकाे भनाइ छ । भारतको विहार राज्यको जयनगरदेखि

जनकपुरको कुर्थासम्मको रेलवे लाइन ३५ किलोमिटर रहेकाे छ । यसमा चल्ने रेल नेपालले सुरूमा भाडामा लिने बताए पनि

पछि भारतमै निर्माण गर्न लगाएर अाफ्नै रेल भित्र्याइएकाे थियाे । भारतसँग नेपालले गत असाेजमा ५-५ डिब्बाका दुइ रेल भित्र्याएकाे

थियाे । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग दुई सेट रेल खरिद गरेको थियाे  । तर सञ्चालन

नहुँदा ती रेल ट्य्राकमै थन्किएका थिए । नियमित रेल चलेपछि नेपाल-भारत यात्रु परिवहनमा धेरै सहज हुने जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्