शुक्रबार , साउन १५, २०७८

चीनले दियो म्यानमारलाई तीन हजार टन अक्सिजन ।

साउन ३, २०७८ आइतबार 164

एजेन्सी : म्यानमारलाई तीन हजार टन तरल अवस्थाको अक्सिजन चीनबाट प्राप्त भएको छ । देशको दोस्रो ठूलो सहर मण्डलायमा यति ठूलो मात्रामा अक्सि’जन प्राप्त भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

म्यानमारमा रहेको चिनियाँ दूतावासले पनि चीनबाट म्यानमारमा तीन हजार टन अक्सि’जन ल्याइएको जानकारी दिएको छ ।
म्यानमार सार्वजनिक कल्याण सङ्गठनले चीन म्यानमार नाका हुँदै अक्सिजन ल्याएको हो । यसले को’रोनाभा’इरसको महामा’री वि’रुद्ध

लड्नका लागि ठूलो सहयोग हुने अपेक्षा गरिएको छ । “हालै मात्र म्यानमारले कोरोनाभाइरसको महामा’री नराम्रोसँग भोग्नुपरेको छ, त्यही कारणले तरल अवस्थामा रहेको अक्सिजन माग गरिएको थियो, त्यससँगै अन्य अत्यावश्यक सामग्रीहरु सहयोग गर्न आग्रह

गरिएको थियो,” म्यानमारस्थीत चिनियाँ दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । म्यानमारमा अहिलेसम्म को’रोनाभा’इरसबाट दुई लाख १८ हजार ७३९ जना सङ्क्र’मित भएको र ती मध्ये चार हजार ५३६ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

थप समाचार,
सबै सांसदसँग संसद् भवनमा प्रधानमन्त्री देउवाले मागे विश्वासको मत !

काठमाडौं : राष्ट्रियसभाको ९औं अधिवेशन आइतबारबाट सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

उनले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

अधिवेशन प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले क’भिड–१९ को सङ्क्र’मण बढ्दो रहेकाले जो’खिम नियन्त्र’णका लागि को’भिड १९ विरु’द्धको खोपको प्रभाव’कारी व्यवस्थापनलाई निरन्तरता दिन सरकारसमक्ष माग गरे ।

जारी मनसुनका कारण प्राकृतिक विप’द्का घट’ना पीडि’तको राहत, उद्धा’र तथा बास व्यवस्थापनका लागि थप प्रभाव’कारी काम गर्न उनले आग्रह गरे । उनले संघीयतालाई मजबुद पार्ने काममा लाग्नुपर्ने जोड दिए ।

त्यस्तै नेकपा (एमाले) का सुमनराज प्याकुरेलले सत्ता प्राप्तिका लागि दलीय प्रणालीलाईसमेत कमजोर पार्नेगरी सर्वोच्च अदालतको फैसलाले विधिको शासनमाथि प्रश्न चिन्ह लागेको र सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न खोजिएको आ’रोप लगाए ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले प्रतिपक्षलाई विश्वासमा लिएर सहमति र सहकार्यको संस्कृतिलाई बढावा दिई मुलुकमा व्याप्त समस्याको समाधानका लागि सबै राजनीतिक दललाई आग्रह गरे ।

सांसद प्रमिला कुमारीले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने ध्येयका साथ सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकामा प्रसन्नता व्यक्त गरिन् ।

अन्य सदस्यहरुले राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते विहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस्