मंगलबार , साउन १२, २०७८

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले नेता खनालको आग्रह

साउन ३, २०७८ आइतबार 193

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई

बिश्वाको मत दिन आग्रह गर्नु भएको छ । भारतमा उपचाररत रहनु भएका नेता खनालले एक बिज्ञप्ति जारी गर्दै देउवालाई विश्वासको

मत दिन अपिल गर्नु भएको हो । ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको

मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय

सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’

उहाँले बिज्ञप्तिमा भन्नु भएको छ । सर्वोच्च अदालतले साउन ३ गते संसद विघटन बदर गर्ने पक्षमा फैसला गर्दै साउन ३ गते साँझ ५

बजेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो । सोही आदेश अनुसार आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद बैठकबाटै विश्वासको मत लिनुहुने भएको छ । नेकपा एमाले २ पक्षमा विभाजन भएकोले

देउवालाई विश्वासको मत पाउने\ नपाउने भन्नेमा अन्योल छ ।उहाँले विश्वासले विश्वाकाे मत पाउनमा माधव नेपाल समूहको एमाले निर्णयक रहेको छ ।

प्रतिकृया दिनुहोस्