मंगलबार , साउन १२, २०७८

देउवालाई मत दिएमा एमालेबाट निष्काशित गरिने स्थायी कमिटीको निर्णय

साउन ३, २०७८ आइतबार 250

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएमा

पार्टीबाट निष्काशित गरिने निर्णय गरेको छ । जुनसुकै हालतमा पनि देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय

भएको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए । उनका अनुसार देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा रहने छैनन् ।

बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै प्रवक्ता ज्ञवालीले एमाले प्रतिपक्षमा बस्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएकाे जानकारी दिए ।

माधव नेपाल पक्षलाई पार्टी एकताको पक्षमा उभिन आग्रह नमानेको बताउँदै विश्वाकाे मत दिने नेपाल पक्षकाे अल्पमतकाे निर्णय

पार्टीले नमान्ने र कारबाही हुने बताए । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले आजै बस्ने पुनस्र्थापित संसद अधिवेशनमा विश्वासको मत लिँदै छन् ।

प्रतिकृया दिनुहोस्