मंगलबार , साउन १२, २०७८

सडक बनेको एक महिनामै पानीले बगायो, ३० लाखको काम ३० दिन टिकेन

साउन ३, २०७८ आइतबार 117

कञ्चनपुर । कञ्नपुरको बेदकोट नगरपालिका वडा नम्बर १ र २ जोड्ने हात्तीथलादेखि मुक्ति जाने बाटो पानीले

बगाएको छ । उक्त बाटाे स्तराेउन्नति गर्न भनी नरबहादुर धामीको संंसद विकास कोषको ३० लाखमा बनको २.१ किलोमिटर सडककाे पिच तथा

ग्राभेल एक महिनामै पानीले बगाएको हाे । ३० लाखमा सडकको स्तराेन्नति गर्न भनी उपभोक्ता समिति निर्माण गरी सडक बनाए पनि कल्भर्ट

हाल्ने ठाउँमा ग्राभेल हालेर सडक बनाउँदा पानीले बगाएको छ । सडक निर्माण गर्दा कल्भर्ट हाल्नुपर्ने ठाउँमा कल्भर्ट नै नहाल्दा अहिले

सडकको धेरैजसो ठाउँमा ग्राभेल नै बगाएको हाे । एक महिनामै पानीले सडक बगाएपछि अहिले स्थानीयलाइ गाउँ र बजारसम्म पुग्न कठिन भएको छ ।

पानीले सडक नै बगाएपछि अहिले उक्त बाटोबाट २ पांग्रे र ४ पांग्रे सवारी साधन जान सकिरहेका छैनन् । पानीपिच गरेपछि सडकलाइ राम्रोसँग

रोलर लगाएर दबाइदिनु पर्ने र सडकको डेनिसीटी नाप जाँच गर्नुपर्ने हुन्छ । तर उक्त सडक निर्माणमा लापरवाही भएपछि एक महिनामै

बगेर गएकाे छ भने मालबाहक गाडी आउँदा समेत सडक भासिने खालको भएकाले यसकाे पुनर्निर्माण गर्नु पर्ने स्थानीयको माग छ । निर्माण

भएको सडकको अनुगमनमा गएका बेदकोट नगरपालिकाका उपमेयर सुशिला सिंहसँग कुरा गर्दा बाटोको निरीक्षण गर्दा केही त्रुटि नभएको

जवाफ प्राप्त भयाे । तर उपाभाेक्ता समितिका एक प्रतिनिधिले भने सडक बनाउँदा कीर्ते हस्ताक्षर गरे काम गरिएकाे बताएका छन्।

प्रतिकृया दिनुहोस्