मंगलबार , साउन १२, २०७८

हामीले पठाएको रेमिट्यान्सले देश चलेको छ, फेरी एउटा नयाँ मोबाइल ल्याउदा किन टाउको दुखाइ ?

साउन ४, २०७८ सोमबार 116

काठमाडौ : चार लाख रुपैयाँसम्मको सुन आयातमा भन्सार छुट गर्दै आएको सरकारले विदेशबाट व्यक्तिगत रुपमा मोबाइल ल्याउन भने निरुत्साहित गर्न लागेको छ ।

विदेशमा रहेका नेपालीले आफन्तलाइ पठाउने मोबाइलमा साउन एकदेखि भन्सार महसुल लिन लागिएको हो । यसले विदेशमा काम गरेर रेमि’ट्यान्स पठाउने करिब ४० लाख नेपाली प्रभावित हुनेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले विदेशमा रहेका नेपालीले आफन्तलाइ पठाउने वा विदेशबाट व्यक्तिगत रुपमा मोबाइल ल्याउनेहरुले साउन एक देखि आइएमइआइ नम्बर अनिवार्य दर्ता गराउनुपर्ने भनेपछि यसतर्फ धेरैको चासो बढेको छ ।

आइएमइआइ नम्बरको दर्ताका लागि भन्सार महसुल तिर्नुपर्छ । जस अनुसार एक लाख रुपैयाँको मोबाइल छ भने साढे १५ हजार रुपैयाँ भन्सार महसुल बुझाउनुपर्नेछ ।आइएमइ नम्बर दर्ता गर्ने व्यवसथा

सही भए पनि यसको नियतमाथि प्रश्न उठेको छ। जस्तो घुम्नकै लागि पनि विदेश गएर आउनेले आफ्नो साथमा ५० ग्राम अर्थात साढे चार तोलासम्म सुन ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

त्यसको बजार मूल्य अहिले चार लाख रुपैयााभन्दा बढी पर्छ ।तर वार्षिक करिब नौ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने विदेशमा रहेका ४० लाख नेपालीले आफन्त र नातागोतालाइ उपहार स्वरुप पठाइदिने वा

ल्याउने मोबाइलमा भन्सार लिने निती सही लाग्दैन, यो विभेदकारी देखिन्छ ।भन्सार नतिरी अवै’धरुपमा मोबाइल आयात गरी व्यापार गर्नेहरुमाथि निग’रानी बढाउनुको साटो

विदेशमा बस्ने नेपालीबाट पठाइने वा ल्याइने मोबाइल मगाउन निरुत्साहित गर्ने नीति दुराशयपूर्ण छ । यसले सरकारको नियतमाथि स्वभाविकैले आ’शंका बढाएको छ । -कान्तिपुर बाट

प्रतिकृया दिनुहोस्