मंगलबार , साउन १२, २०७८

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

साउन ५, २०७८ मंगलबार 124

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ ।

भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा

लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

थप समाचार

काठमाडौँ : बिभिन्न १६ देशबाट युएई प्रवेश गर्न चाहने बिदेशी यात्रुहरुलाई अर्को सूचना नभएसम्म यात्रा प्रवेशमा निषेधनै गरिएको युएईको सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले जनाएको छ ।

युएईले यस अघि प्रतिबन्ध लगाएका मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, प्रजातान्त्रिक गणतन्त्र कंगो, भारत, इन्डोनेसिया, लाइबेरिया, नामिबिया, नाइजेरिया, पाकिस्तान, युगान्डा, सियरा लियोन,

दक्षिण अफ्रीका, श्रीलंका, भियतनाम र जाम्बिया रहेका छन् ।आइतबार जारी गरिएको नयाँ सुरक्षा निर्णय सर्कुलरमा प्राधिकरणले यसभन्दा अघि जारी गरिएको प्रतिबन्धलाई अझै

यथास्थितिमै कायम राखेको छ । निर्देशन अनुसार को’भिड-१९ अवस्था हेरेर युएईले उडान र यात्रीहरूको प्रतिबन्धको सम्बन्धमा अवस्था हेरेर आवश्यकता अनुसार नयाँ निर्णय लिने भनिएको छ ।

प्रतिकृया दिनुहोस्