मंगलबार , साउन १२, २०७८

दक्षिण भारतबाट २५ ब्राह्मण ल्याएर पशुपतिनाथमा क्षमापूजा

साउन ६, २०७८ बुधबार 290

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा हुने भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट

२५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य

सचिव डा. प्रदीप ढकालले जानकारी दिए । आगामी बुधबारसम्म क्षमापूजा हुनेछ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई

चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरु भएको हो । वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको

प्रचार–प्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि सुरु भइसकेको कोषले जनाएको छ ।

एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।पशुपति क्षेत्रमै कालिगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति,

पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।
सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ ।

गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करिब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्