मंगलबार , साउन १२, २०७८

श्रीलंका विरुद्धको टि-२० सिरिज इङ्ल्यान्डलाई

साउन ६, २०७८ बुधबार 33

घरेलु टोली इङ्ल्यान्डले श्रीलंका विरुद्धको टि-२० सिरिज आफ्नो नाममा गराएको छ । इङ्ल्यान्डले बिहीबार राति भएको दोस्रो खेल डिएल पद्धतीका आधारमा ५ विकेटले

जित्दै एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।श्रीलंकाले दिएको ११२ रनको लक्ष्य पछ्याउनले क्रममा वर्षा बाधक बनेपछि इङ्ल्यान्डले १८ ओभरमा १०३ रनको नयाँ लक्ष्य पाएको थियो ।

यो लक्ष्य इङ्ल्यान्डले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍याे । इङ्ल्यान्डका लिम लिभिङ्गस्टोनले अविजित २९ रन जोड्दा साम विलिङ्सले २४ रन बनाए ।जेसन रोयले १७ र साम करनले अविजित १६

रनको योगदान दिए ।विनान्दु हसरंगाले २, दुस्मान्थ चमिरा, बिनुरा फर्नान्डो र इसरु उडानले समान १-१ विकेट हात पारे । यसअघि कार्डिफमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट

गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो ।१११ रनका लागि कुशल मेन्डिसले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान कुशल परेराले २१ र इसरु उडानले अविजित १९ रन बनाउँदा

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।इङ्ल्यान्डका मार्क उड र आदिल रशिदले समान २-२ विकेट लिँदा डेविड विली, साम करन र क्रिस जोर्डनले समान

१-१ विकेट हात पारे ।१ विकेट रन आउटका रूपमा प्राप्त भयो ।पहिलो खेलमा इङ्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार साउथह्यामटनमा हुनेछ ।

प्रतिकृया दिनुहोस्