मंगलबार , साउन १२, २०७८

राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा वीपी कोइरलाको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा

साउन ६, २०७८ बुधबार 125

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरलाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय रहेको

बताउनुभएको छ । बुधबार वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल रुपमा आयोजना गरेको वीपी पुण्य तिथि बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै

देउवाले वीपी कोइरला ‘भर्सटाइल नेता’ भएको भन्दै उहाँबाट धेरै पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले वीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै वीपीलाई स्मरण

गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने जिकिर गर्नुभयो । वीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्ने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी अन्य नेताहरुले वीपी कोइरालाले गरेको समाजवादको

व्याख्या समकालीन विश्वमै अनुकरणीय रहेको धारणा राखेका थिए । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस कांग्रेसले कोरोनाका कारण भर्चुअल रुपमा मनाएको हो ।

प्रतिकृया दिनुहोस्