मंगलबार , साउन १२, २०७८

हामीलाई सिद्धिन्छौँ भन्थे आज यो स्थितिमा छौँ : विप्लव

साउन ६, २०७८ बुधबार 200

काठमाडौं : नेकपा महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिएका छन् । बुधबार पूरानोबानेश्वरस्थित ग्लोबल कलेजमा उनी

आफैँले लेखेको ‘रेड फ्रन्ट’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु विद्रोहमै रहने उनले बताए ।

उनले भने, ‘हामी वैज्ञानिक समाजवाद चाहन्छौँ । हामीलाई सिद्धिन्छौँ भन्थे आज यो स्थितिमा छौँ । पुँजीवादले मानव जातीलाई राम्रो कुरा दिन सकेन । पुजीवादले काम चल्दैन । मानवजातीको

हितमा हामीले काम गर्नुपर्छ । ज्ञान एकलौटी हुन्न सबैबाट लिनु पर्छ । पुँजीवादले नपुगेपछि वैज्ञानिक समाजवाद अगाडि ल्याइएको हो । राजनीतिमा दलालीकरण भएको छ ।’ समाजवादकै विचार

पुर्याउनका निम्ति यस्ता किताबहरुको प्रकाशन गरिएको पनि उनले बताएका छन् । उनले जसरी हुन्छ दालल पुँजीवादलाई परास्त नगरी समाजवादमा पुग्न नसकिने पनि बताए । ‘समयमा

फूलहरुलाई जोगाएन भने फूल झर्छ । त्यसैले यस्ता कार्यक्रमको आयोजना गरिएको हो । गलत कुरामा हामीले विद्रोह गरेका हौँ । राजनीतिमा हामीले जे बुझेको छौँ त्यसलाई अगाडि लिएर जानुपर्छ । कुर्सीको

लागि देशलाई डुबाउने जस्ता काम भएका छन् । दलाल पुँजीवादलाई परास्त गर्नु पर्छ । झुपडीमा बसेर किसानसँग समाजवाद पढिँदै छ । आकासमा नाचेर समाजवाद आउँदैन । जमिनमा दुख गर्नु पर्छ ।’

त्यसैले विप्लवका अनुसार अब हुने भनेको एकीकृत जनक्रान्ति हो । उनले भने, ‘समाजवाद व्यवस्थाको विकल्प छैन । जनताले खान पाउनु पर्छ । पढ्न पाउनु

पर्छ । यस्को सबै जिम्मा राज्यले लिनुपर्छ । मिडिया दलालीकरणबाट बच्नु पर्छ ।’साथै, समाजवाद नआएसम्म आफूहरुको विद्रोह जारी रहने विप्लवको अडान छ ।

प्रतिकृया दिनुहोस्