कोरोना खोप लगाएकाले मात्र कतार विश्व कपका खेल हेर्न पाउने
2021, June 21st, Monday

Puja Sharma

अर्को वर्ष कतारमा हुने विश्वकप फुटबल हेर्न जानका लागि अनिवार्य कोरोना खोप लगाउनु पर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको

कोरोना भाइरसको महामारी पूर्णरुपमा निर्मुल नभएकाले भन्दै कतार सरकारले यस्तो नियम लागु गर्न लागेको हो । एपी न्युज एजेन्सीका अनुसार,

कतारका प्रधानमन्त्री शेख खालिद विन खालिफा विन अब्दुलाजीज अल थानीले यस्तो नियम लागु गर्न लागेका हुन्। फुटबल विश्वकप हेर्नका लागि

कतार पुग्ने सबैले खोपको पूर्ण डोज नलगाएको भए अनुमति नपाउने उनले जनाएका छन् । यसै विश्वकपलाई मध्यनजर गर्दै कतारले १० लाख भ्याक्सिन

किन्ने तयारी गरेको पनि कतारी प्रधानमन्त्रीले जानकारी दिएका छन् । ‘विश्वकप सञ्चालन हुने बेलासम्ममा धेरै देशहरुले आफ्ना नागरिकलाई कोरोना

विरुद्धको खोप लगाइसकेका हुनेछ’ उनले भने, ‘यदि कोही दर्शकले पूर्ण खोपको मात्रा लिएको छैन भने उसले रंगशालामा प्रवेश पाउने छैन ।’उनले

यसो भन्दै गर्दा आयोजक संस्था फिफाले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । २०२२ को नोभेम्बर २१ देखि कतारमा विश्वकप फुटबल सुरु हुने तालिका छ ।

तपाईको प्रतिक्रिया