‘नेताहरू बाढी हेर्न आउँछन्, बाँध लगाउन बोरा किन्ने पैसा भने हुँदैन’
2021, June 24th, Thursday

Puja Sharma

ठूलो मानवीय क्षति नभए पनि नारायणी नदीले चितवन र नवलपरासी क्षेत्रमा बर्सेनि असर पुर्‍याउने गरेको छ। वर्षायाममा आउने बाढीले वरपरका जमिन कटान गर्नुका साथै नजिकका बस्ती डुवानमा पार्ने गरेको छ।यस वर्ष

असारको पहिले दिन नारायणी नदीमा ठूलो बाढी आयो। त्यसदिन दस मिटरभन्दा बढी उचाइसम्म पानीको बहाव देखिएको थियो। जसलाई नारायणीमा अहिलेसम्मकै सबैभन्दा बढी पानी बगेको भनिएको छ।

यो बाढीका कारण भरतपुर महानगरपालिकाका ३, १६, २६, २७ र २८ का गरी २४७ जनालाई उद्धार गर्नुपरेको जिल्ला प्रशासन कार्यालय बताउँछ। बेलैमा तटबन्धनगरी व्यवस्थित गर्न नसकिए नदीले चितवनका २९ हजार

घरधुरी र ८६ हजार जनसंख्यालाई प्रत्यक्ष असर पार्ने आकलन छ।रायणी नदीले पार्न सक्ने जोखिमको विषयमा सम्बन्धित निकाय जानकार नभएका होइनन्। नियन्त्रणकै लागि नारायणी नदी व्यवस्थापन आयोजना सञ्चालनमा

छ। पूर्वप्रधानमन्त्री, मूख्यमन्त्रीदेखि लिएर उच्च तहका कर्मचारी हरेक वर्ष बाढी आएको समयमा अवलोकन गर्न भन्दै नदीकोतिर पुग्छन्। आसपासका स्थानीयलाई अर्को वर्ष समस्या समाधान हुने आश्वासन दिएर फर्कन्छन्। कैयौं

नेताले यहीँको तटबन्ध मुद्दामा राखेर चुनाव जिते। तर समस्या जहाँको त्यहीँ छ।नारायणीको आधिकांश प्रभावित क्षेत्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा पर्छ। गत वर्ष जस्तै यस वर्ष पनि बस्तीमा बाढी पसेको केही

दिनपछि प्रचण्ड गृह जिल्ला आइपुगे। बाढीले क्षति पुर्‍याएको ठाउँमा पुगेर अवलोकन गरे। स्थानीयलाई पहिलेझैं आश्वासन दिए अनि जिल्ला प्रशासन कार्यालयमा नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुखलाई बोलाएर नदीमा भएका काम बारे जानकारी लिए।

‘पहिलो पटक प्रधानमन्त्री हुँदा मैले नै हो जनताको तटबन्धन कार्यक्रम ल्याएको। त्यस कार्यक्रमबाट केही काम भयो। दोस्रो पटक प्रधानमन्त्री हुँदा चक्रपथसहितको तटबन्धन कार्यक्रम ल्याइयो त्यसबाट पनि काम भइरहेको

त छ। तर पछिल्लो समयमा सरकारले चितवनलाई सहयोग गर्न छाड्यो,’ उनले भने, ‘प्रचण्डको ठाउँमा योजना पार्नै हुँदैन भन्ने मानसिकता छ। चितवनमा बजेट पार्‍यो भने प्रचण्डलाई फाइदा हुन्छ, पार्नु हुन्न भन्ने छ उनीहरूलाई।’

यसपालि पनि प्रचण्डले नारायणी नदीको व्यवस्थापनका लागि आवश्यक बजेट ल्याउन पहल गर्छु भन्न भने छुटाएनन्।केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नदीले कटान गरेको क्षेत्रको अनुगमन

गरेका थिए। उनको आश्वास पनि पोहोरको भन्दा फरक थिएन। फर्किएपछि उनले नदी व्यवस्थापनका लागि भनेर ५० लाख रूपैयाँ बजेट छुट्टाएको खबर चितवन पठाए।र विशाल नदी नारायणीको व्यवस्थापनका लागि केही लाख रूपैयाँ बजेट भनेको ‘हात्तीको मुखमा जिरा’ सरह हो।

तपाईको प्रतिक्रिया