लेहंगामा ‘ब्युटिफुल’ माधुरी
2021, June 29th, Tuesday

Puja Sharma

मुम्बई । अभिनेत्री माधुरी दीक्षित लुक्सका कारणले अक्सर चर्चामा रहन्छिन् । उनी फरक फरक लुक्सका तस्बिर फ्यानका साथ बारम्बार शेयर गर्छिन् ।

माधुरीले अहिले फेरि केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन फ्यानले निकै रुचाइएका छन् । तस्बिरमा माधुरी कालो र सेतो रंगको लेहंगामा देखिएकी छन् ।

हिल समेत लगाएकी उनले हल्का मेकअप, ओपन हेयर्स, कानमा झुम्काको साथमा यो लुक्स पुरा गरेकी छन् । यो निकै हट समेत देखिएको उनको यो लुक्सको तस्बिर हेरेर

फ्यान उनी प्रति मोहित भएका छन् ।पछिल्लो समय माधुरी फिल्मबाट टाढा रहेकी छन् । तेजाव, रामलखन,  परिन्दा, साजन, खलनायक, दिल, बेटा, हम आपकै है कौन,

दिलतो पागल है, देवदास लगायत थुपै्र फिल्ममा काम गरेकी माधुरी अभिनय र नृत्यका माध्यमबाट दर्शकको मन जित्न सफल छिन् । अहिले पनि दर्शक उनको काम सम्झने गर्दछन्

तपाईको प्रतिक्रिया