ओली र नेपालबीच टेलिफोन वार्ता, दुवै पक्षको अडान कायमै
2021, July 1st, Thursday

Puja Sharma

असार १७, काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विहिबार साँझ टेलिफोन वार्ता भएको छ ।

शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव समुहले सहभागि नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् ।ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागि हुन

आग्रह गरेको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । तर नेपालले भोलिको बैठकमा सहभागि नहुने अडान लिएका छन् । यद्यपी नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद

समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । त्यसपछि मात्रै थप वार्ता अघि बढ्ने भन्दै नेपालले ओलीलाई शुक्रबारको केन्द्रिय समिति बैठक स्थगित

गर्न आग्रह गरेका छन् ।तर ओलीले बैठक स्थगित भने गरेका छैनन् । नेता पाण्डेकाअनुसार ओली र नेपालबीच १५ मिनेट कुराकानी भए पनि ठोस सहमाति भने हुन सकेन ।

तपाईको प्रतिक्रिया