टरिगाउँ एयरपोर्टमा आउँदो २० देखि हवाई उडान
2021, July 2nd, Friday

Puja Sharma

टरिगाउँ एयरपोर्टमा असार २० गतेदेखि विमान सेवा सुरू हुने भएको छ। हालका लागि हप्तामा ५ वटा मात्रै उडान हुने भएको छ ।

टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले हालका लागि सोमबार र बुधबारका उडान कटौती गरिएको बताए। कोभिड-१९

को दोस्रो लहरको महामारीपछि दाङमा वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी भएसँगै हवाई सेवा बन्द भएको थियो।त्यतिखेर दैनिक दुइटा

उडान हुँदै आएका थिए। नेपाल एयरलाइन्सको सानो १८/१९ सिटे विमानले टरिगाउँ एयरपोर्टमा उडान भर्दै आएको छ। टरिगाउँ एयरपोर्टको

धावनमार्ग कालोपत्रे भए पनि यहाँ ठूला विमान अवतरण गर्न सक्दैनन्। कारण धावनमार्गको लम्बाइ ७५० मिटर र चौडाइ ३० मिटरको मात्रै कालोपत्रे

गरिएको छ। केही दिन पहिले मात्रै एयरपोर्टमा रिफिलिङ सेन्टरका लागि ट्यांकीलगायत आवश्यक उपकरण एयरपोर्टमा ल्याइएको छ। हालसम्म दाङमा इन्धन रिफिलिङको सुविधा थिएन।

तपाईको प्रतिक्रिया