मेस्सीकाे ‘माेनस्टर्स’ २०२१
2021, July 6th, Tuesday

Puja Sharma

सन् २०२१ लियोनल मेस्सीका लागि निकै सुखद रह्यो । उनले बार्सिलोना र अर्जेन्टिनाका लागि २०२१ मा राम्रो प्रदर्शन गरे । जसमा उनले कुल ३६ खेलमा ३३ गोल गर्नुका साथै १३ एसिस्ट गरे ।

यो बर्ष बार्सिलोनाका कप्तान मेस्सीले क्लवका लागि २८ गोल गर्दा नौ एसिस्ट गरेका थिए । यस्तै उनले अर्जेन्टिनाका लागि पाँच गोल गर्नुका साथै चार एसिस्ट गरेका थिए ।मेस्सीले ला लिगामा २०२१ मा

३० खेलमा २३ गोल गर्दा लिगका सर्वाधिक गोलकर्ता बनेका थिए ।उनले कोपा डेल रे मा तीन गोल गरेका थिए भने दुई गोल च्याम्पियन्स लिगमा गरेका थिए ।

च्याम्पियन्स लिगमा अन्तिम १६ मा पीएसजीसँग पराजित भएको थियो ।तर बार्सिलोनासँगको उनको सम्झौता आधिकारीक रुपमा सकिएको छ ।

तर अझैपनि दुबै पक्ष नयाँ सम्झौताका लागि छलफल भइरहेको छ । तर यसमा बार्सिलाेना उनले पाउँदै आएको तलव कम गर्ने याेजनामा रहेकाे छ ।

तपाईको प्रतिक्रिया