एमाले कार्यदल बैठकमा पार्टी पुनर्जीवितपछि संगठनमा देखिएको समस्या समाधानमा छलफल
2021, July 6th, Tuesday

Puja Sharma

काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठकमा संगठनमा देखिएको समस्याका बारेमा कुराकानी भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सर्वोच्चको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलपल भएको हो ।

माधव नेपाल पक्षको कार्यदलका संयोजक भीम रावलले मंगलबारको बैठक सबै कार्यदलका सदस्यहरूले पार्टीमा देखिएको समस्या

कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा धारणा राखेको जानकारी दिए । “कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीको विषयमा पनि

छलफल भयो । अदालतको फैसलापछि जसरी नेकपा (एमाले) पुनर्जीवित भएको छ । अब, त्यसपछि संगठनका सम्पूर्ण कामहरूलाई कसरी अगाडि

बढाउने भन्ने सन्दर्भमा भएका छलफलहरूको बारेमा पनि कुराकानी भयो,” उनले भने, “पार्टी पुनर्जीवित भइसकेपछि संगठनका विषयमा देखिएका

समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।”उनले भोलि (बुधबार) को बैठकमा थप छलफल हुने बताए ।

तपाईको प्रतिक्रिया