देशलाई चाहिएको शिक्षा
2021, July 7th, Wednesday

Puja Sharma

अल्बर्ट आईन्स्टाईन भन्छन्, हामी जुन सोचाइले समस्याको निर्माण गर्छौं त्यहीसोचाइले त्यो समस्याको समाधान गर्न सक्दैनौं। समस्याको समाधान गर्न परम्परागत सोचभन्दा बाहिर निस्किनुपर्छ।

आईन्स्टाईनको विचारमा जतिपनि ठूला ठूला वैज्ञानिक, अनुसन्धानकर्ता, सर्जकहरू छन् ती सबै जिज्ञासु, कल्पनाशील भएर भएका हुन्। विज्ञानको विकास पनि उनीहरूकै कारण सम्भव भएको हो।

के हाम्रो देशको शिक्षाले आईन्स्टाईनले भनेजस्तो फरक सोचाइको निर्माण गर्न सक्ला?शिक्षा राष्ट्रको मेरुदण्ड हो। त्यो बलियो भयो भने राज्य बलियो हुन्छ।

शिक्षित व्यक्तिहरू भएको समाज चेतनशील हुन्छ। त्यो देशको राजनीति पनि राम्रो हुन्छ। त्यो राज्यमा छुवाछुत र विभेद न्यून हुन्छ।

तर हाम्रोमा शिक्षा के हो, सिकाइ कस्तो हुनुपर्छ र शिक्षा के प्रयोजनका लागि अपरिहार्य छ? भन्ने बारेमा न छलफल चल्छ, न त्यसका बारेमा गहन ज्ञान भएका मानिस नेतृत्ववर्गमा छन्।

कक्षामा गएर पढाउनेदेखि कोर्ष बनाउने, परीक्षा लिने, विद्यार्थीले पाउने प्राप्तांकसम्मको गतिविधि हेर्दा नेपालको शिक्षा स्तरमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ।मूलतः नेपालको शिक्षा प्रणालीमा

भोलि विद्यार्थीले प्रमाणपत्र पाएपछि के गर्छ, उसको देश र समाज निर्माणमा के भूमिका रहन्छ? कतिसम्म चेतनशील रसक्षम हुनसक्छ? आफूले पढेको क्षेत्रमा कति निपुण हुनसक्छ भन्ने कुरा नै प्रष्ट छैन।

यो सबै छर्लंग थाहा नभईकन विद्यार्थीले पढाइ सिध्याइसकेको हुन्छ।नेपालको सन्दर्भमा हेर्ने हो भने केही अपवादबाहेक विद्यालयमा पढाइने तरिका शिक्षक केन्द्रित छ।

एउटा ‘नोटबुक’ बनाएर त्यसैको आधारमा विद्यार्थीलाई पढाइन्छ र शिक्षकका कुरा मात्र सही भन्ने भ्रम सृजना गरिन्छ। शिक्षकले भनेका कुरा मात्र सही र आफूले भनेका कुरामा कम सत्य भन्ने लाग्न थाल्छ विद्यार्थीलाई।

त्यही भएर ऊ शिक्षककै नोटलाई आफ्नो ज्ञान ठान्न थाल्छ, जसको कारण विद्यार्थीको वैचारिक तथा सृजनशीलतामा ह्रास आउँछ।

ऊ सुक्ष्म भएर शिक्षकसँग प्रतिप्रश्न गर्न सक्दैन।  यदि गरिहालेशिक्षकले आफूलाई असुरक्षित महसुश गर्न सक्छ र भन्न सक्छ,‘मलाई चुनौती दिने?’

त्यो डरले विद्यार्थीको जिज्ञासुपन र उत्सुकता मर्छ। जहाँ प्रश्नहरू गर्न दिइँदैन वा गरिँदैन त्यहाँ उत्तरहरूको खोजी हँुदैन वा गरिँदैन।

यसैगरी कक्षाकोठामा अन्तरक्रिया कम गराइन्छ। विद्यार्थीका धारणाहरू राख्न र खण्डन गर्न अनिवार्य गरिँदैन। विद्यार्थीका आवाजलाई उल्टै कक्षाकोठाभित्र दबाइन्छ जसकारण उनीहरूको सृजनशीलता र वैज्ञानिकता मर्छ।

‘अथोरिटी’लाई प्रश्न गर्न सक्ने सामथ्र्यको विकास गराइँदैन। बन्द बाकस बाहिर गएर सोच्न सक्ने मानसिकताको विकास गराइँदैन। अनि कसरी सोच्न सकिन्छ त्यस्तो शिक्षा प्रत्युत्पादक हुन्छ भनेर ?

अनि सिर्जनशील कल्पनाशिलताको विकास गर्न सकिन्छ भनेर?विकसित देशहरूको कक्षाकोठाभित्र शिक्षाको अभ्यास हेर्ने हो भने शिक्षकले मध्यस्तकर्ताको मात्र भूमिका खेलेको हुन्छ।

सम्पूर्ण काम विद्यार्थी आफैंले गरिरहेको हुन्छ– शीर्षक छान्नेदेखि, त्यसका बारेमा बोल्ने, खण्डन गर्ने र त्यसको निष्कर्षमा पुग्नेसम्म।

न शिक्षकले म सम्पूर्ण कुरा जान्दछु भनेर घमण्ड गर्छ। न विद्यार्थीले नै शिक्षकबाट सम्पूर्ण कुराको अपेक्षा गर्छ। सिकाइ र बुझाइ पारस्परिक हुन्छ।

एकदिन कक्षाकोठामा अंग्रेजी व्याकरणको प्रसंग चल्दैथियो। शिक्षकले प्रयोग गरेको ‘कोलन चिन्ह’का (:) बारेमाविद्यार्थीले प्रश्न उठाउँदै भनिन्, ‘त्यहाँ कोलन होइन,

सेमीकोलनको (;)प्रयोग हुन्छ।’ उनले व्याकरणको पुस्तक खोल्दै सप्रमाण देखाइन्। त्यसलाई शिक्षकले ससम्मान लिए र भने ‘धन्यवाद, मैले पनि यो सिकें।’ के त्यो सहजता, त्यो बुझाइ नेपाली शिक्षक तथा विद्यार्थीबीच हुन सक्ला ?

कक्षा कोठाभित्रको सिकाइविद्यार्थीकेन्द्रित हुनुपर्छन कि शिक्षककेन्द्रित।कक्षाकोठाभित्र विद्यार्थीसँग उनीहरूको  सृजनशीलता र उत्सुकतालाई उजागर गर्न सक्ने छलफल र बहस हुनु जरुरी छ।

जसका कारण उनीहरूको मष्तिस्क फराकिलो हुन्छ। सोचाइमा वैज्ञानिकता हुन्छ।  आत्मबल र निडरपनको विकास हुन्छ। यसले समाज र राष्ट्रप्रति उनीहरूलाई जिम्मेवार बनाउँछ।

जीवन र जगत्का विभिन्न आयामका लागि ढोका खुल्ला हुन्छ। एकै ठाउँमा पुग्ने सयौं बाटाखुल्छन्। एउटै बाटोबाट सयौं ठाउँहरू पुग्न सकिन्छ र संसारलाई हेर्ने दृष्टिकोण बदलिन्छ।

नयाँ चेतनाको विकास हुन्छ। विश्वका नामुद शिक्षाविद्हरूले कल्पनाशिलतालाई अति नै जोड दिएको पाइन्छ। चाहे त्यो अनुसन्धानमा होस् वा लेखाइमा।

जब हरेक व्यक्तिको हरेक विचारलाई सम्मान गर्न सक्ने शिक्षा प्रणालीको विकास हुन सक्दैन तबसम्म समाज र राष्ट्रको विकास हुन सक्दैन।

पाठ्यक्रममा परिणामबारे अस्पष्टता

नेपालमा बनाइएका बढीभन्दा बढी पाठ्यक्रमहरूमा उद्देश्य र उपलब्ध परिणामहरू ठोस छैनन्। हरेक पाठ्यक्रमको तयारी पढाइने विषयहरूका लागि धेरै महŒवपूर्ण हुन्छ।

त्यो पाठ्यक्रम केका लागि, कुन प्रयोजनका लागि, त्यो विषय पढिसकेपछि विद्यार्थीले लिन सक्ने सीप तथा ज्ञान के हो? प्रष्ट हुनुपर्छ। अमेरिकाको पाठ्यक्रमको कुरा गर्ने हो भने त्यहाँ सबै कुरा खुलाएर लेखिएको हुन्छ।

जस्तो  कतिदिनमा पढाएर सकिने, पाठ्यक्रमको उद्देश्य, उपलब्ध परिणाम, विद्यार्थीको जिम्मेवारी, पढ्नुपर्ने पाठ्य सामग्रीहरू, गर्नुपर्ने

गृहकार्यहरू र कक्षा नीति। यदि यी सबै कुरा नगरे पाउने सजाय जस्तो प्राप्तांक घट्ने खुलाइएको हुन्छ। कक्षाको पहिलो दिन त त्यही पाठ्यक्रम बुझाउन मात्रै लाग्छ।

तपाईको प्रतिक्रिया