बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने
2021, July 14th, Wednesday

Puja Sharma

एजेन्सी : बङ्लादेशमा लागू हुदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ । इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता

लकडाउन हटाउने निर्णय सरकारले गरेको हो ।यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद

उल अजहा बङ्लादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ ।लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्णय छ ।

पसलहरू, सपिङ मललगायतका ठाउँमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।बङ्लादेशमा पछिल्लो २४ घण्टामा को’रोनाभाइरसबाट १३ हजार

७६८ जना नयाँ स’ङ्क्रमित थपिएको अधिकारीहरूले जनाएका छन् । यो नै अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै स’ङ्क्रमितको सङ्ख्या हो ।

बङ्लादेशमा अहिलेसम्म कूल स’ङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा २२० जनाको मृ’त्यु भएको छ । योसँगै बङ्लादेशमा को’रोना भाइरसका कारण मृ’त्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको पुगेको छ ।

तपाईको प्रतिक्रिया