प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ, गठबन्धन कायमै रहन्छ : देवेन्द्र पौडेल
2021, July 16th, Friday

Puja Sharma

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत

पाउने र यो संसदले पूर्ण कार्यकाल व्यतित गर्ने दाबी गरेका छन् । विहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘हामी सांसदले

सर्वोच्च अदालतमा ६ घण्टा लामो समय लाईन बसेर हस्ताक्षर सनाखत गरेर देउवाजीलाई प्रधानमन्त्री बनाउन रिट हालेका थियौं । सर्वोच्चले सोही

अनुसार फैसला गरेको हो । राष्ट्रपतिले अत्यन्तै थोरै समय दिएर धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो ।

हामीले समयअगावै दाबी गरेका थियौं ।’ पौडेलले कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव कुमार नेपाल समूह, जसपाको

उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धन कायमै रहने पनि दाबी गरे । उनले भने, ‘यो गठबन्धन कायमै छ । आज पनि गठबन्धनको बैठक

बस्दैछ । माधव नेपालजीहरु यही गठबन्धनमा हुनुहुन्छ । उहाँले गठबन्धनप्रति म ईमानदार छु भन्नुभएको छ ।’ उनले प्रधानमन्त्री देउवाले

विश्वासको मत पाउने र यो सरकार १६ महिनासम्म नै चल्ने पनि दाबी गरे । उनले अराजकता रोक्ने काम अदालतको फैसलाबाट भएको पनि

सुनाए । उनले वर्तमान प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बताएकोले सोहीअनुसारनै आफूहरु अघि बढ्ने पनि विश्वास दिलाए ।

उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भनेबमोजिम उच्चस्तरीय राजनीति संयन्त्र बनाउन आवश्यक रहेको र यसको सञ्चालन प्रधानमन्त्री

देउवाकै समन्वयकारी भूमिका हुने पनि बताए । उनले चुनाव भनेको भाँडाकुटी खेलाउने खेल नभएको र र मजाक नभएको पनि सुनाए ।

तपाईको प्रतिक्रिया