माओवादी केन्द्रलाई समावेश गरेर मन्त्रिमण्डल बिस्तार गर्दै प्रदेश २ का मुख्यमन्त्री
2021, July 17th, Saturday

Puja Sharma

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री

राउतले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु लाग्नु भएको हो । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा

र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ । महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित
साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिन कार्यक्रम रहेको छ । यस्तै

माओवादीबाट मन्त्री बन्न लागेका साहले  अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।

प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ ।  उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया