तनहुँको अकला मन्दिरमा मूर्ति चो’री
2021, July 20th, Tuesday

Puja Sharma

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चो’री भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चो’री गरेको हो ।

प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी चो’री भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ । आज बिहान

पुजारी मन्दिरमा दैनिक नित्य पूजाका लागि जाँदा मात्रै मन्दिरमा मूर्ति चो’री भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जानकारी दिनुभयो । घटनापश्चात प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँले

बताउनुभयो । लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्रहार भएको उहाँले बताउनुभयो । उक्त कार्यमा संलग्न कोही शङ्कास्पद

व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उहाँले सबैमा आग्रहसमेत गर्नुभएको छ । यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौँ रहेकाले केही जानकारी नपाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया