क्वारेन्टिन सकेर नेपाली टिम ओलम्पिक भिलेज प्रवेश, सोनिकाको प्रशिक्षण सुरु
2021, July 20th, Tuesday

Puja Sharma

आसन्न टोकियो ओलम्पिकका लागि जापान पुगेको जुडो टिमले प्रशिक्षण सुरु गरेको छ । यसका साथै नेपाली खेलाडी ओलम्पिक भिलजेमा प्रवेश गरेका छन ।

तीन दिन अगाडी टोकियो पुगेकी जुडो खेलाडी सोनिया विष्टले तीन दिनको क्वारेन्टिनको समय सकेर आजबाट प्रशिक्षण सुरु गरेकी हुन ।यसका साथै यसअघि नै प्रशिक्षणका लागि जापान पुगेको

पौडीको टिमपनि ओलम्पिक भिलेज पुगेको छ । अहिले टोकियो ओलम्पिकका लागि तीन खेलका चार खेलाडी भिलेजमा रहेका छन । यसका साथै आजै नेपालका सेभ दी मिसन रमेशकुमार सिलवालले

बैठकमा सहभागि भएका छन ।उनी भौतिक रुपमा पहिलो पटक सिएमडी बैठकमा सहभागि भएका हुन । यसअघि

उनले भर्चुअल रुपमा बैठकमा सहभागिता जनाउँदै आएका थिए । ओलम्पिकका लागि एथ्लेटिक्सकी सरस्वती चौधरी जुलाई २४ मा टोकियो जानेछिन ।

तपाईको प्रतिक्रिया