प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद योद्धा हुन् : माधव नेपाल
2021, July 23rd, Friday

Puja Sharma

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमालेका सांसदहरु ‘योद्धा’ भएको बताएका छन् ।

शुक्रबार शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै उनले संसद बचाउने २२ सांसद योद्धा रहेको भन्दै सबैलाई सम्मान गर्न चाहेको बताए । उनले भने, ‘२२ जना

योद्धाहरुलाई म विशेष सम्मान गर्न चाहन्छु। ११ जनालाई पनि अभिवादन गर्न चाहन्छौँ ।’ साथै, अध्यक्ष केपी शर्मा ओलीका कारण १२१ सांसद रहेको एमाले पार्टी ८३ मा खुम्चिदै गएको पनि गएको बताएका छन् । उनले भने,

‘अझै कति घट्ने हो ठेगान छैन। जसले पार्टीलाई व्यवस्थित गर्न सक्दैन। पार्टीको अन्तरविरोधको ठीक पहिचान गर्न सक्दैन। अनि त्यसले समाजको अन्तरविरोधको के समाधान गर्न सक्छ ?’नेपालले पार्टीभित्रको अन्तरविरोध

पदको लडाइँ नभएको पनि उनले स्पष्ट पारेका छन् । ‘पद र प्रतिष्ठाको लडाइँ होइन। नेतृत्वको लडाइँ होइन। वैचारिक मान्यतासँग जोडिएका विषयको लडाइँ हो,’ उनले भने, ‘विधि र आचरणको विषयसँग जोडिएको अन्तरविरोध हो।’

तपाईको प्रतिक्रिया