आज शनिबार शनिदेको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् ।ॐॐॐ
2021, July 31st, Saturday

Yuwa Aawaj

मेष : आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

वृष : आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

मिथुन : आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाइनेछ ।

कर्कट : स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

सिंह : न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

कन्या : सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ र दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

तुला : आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

वृश्चिक : आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

धनु : आज बिहानै कुनै कुराले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुनेछ ।

मकर : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

कुम्भ : आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मीन : आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईको प्रतिक्रिया