हामी सरकारबाट हटेसँगै देउवा सरकारले दमन गर्न थाल्यो : ओली
2021, August 1st, Sunday

Puja Sharma

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले दमन र भद्धा राजनीतिकरण सुरु गरिसकेको बताएका छन् । आइतबार आइतबार तुलसीलाल अमात्यको २४ औं

स्मृतिका अवसरमा आयोजित कार्यक्रममा मन्तव्यका क्रममा उनले देउवा सरकारको दमन सुरु भएको भन्दै त्यसको प्रतिवाद गर्न आफूहरु तयार रहेको उनले बताए ।उनले भने, ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो ।

भद्दा राजनीतिकरण सुरु भैसक्यो । यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’आफ्नो सरकार रहँदा देशमा विकास र सुशासन कायम गर्न कम्युनिस्ट नै चाहिन्छ

भनेर त्यो मूल्य मान्यता स्थापित गरेको पनि उनले बताएका छन् । तर, आफूहरु सरकारबाट हटेसँगै आगमन भएको देउवा सरकारले दमन गर्न सुरु गरेको उनको आरोप छ ।उनले भने, ‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट

जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो । स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

तपाईको प्रतिक्रिया