यूएईले नेपालसहित ६ देशका यात्रुमाथि लगाएको प्र’तिबन्ध ह’टायो
2021, August 4th, Wednesday

Puja Sharma

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) ले को’भिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ ।

को’भिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान,

श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् । यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा को’भिड–१९

खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने छन् ।’ तर उनीहरूले को’भिड वि’रूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ । मुलुकमा कार्यरत चिकित्सक,

नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन । संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका

लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो ।

तपाईको प्रतिक्रिया