लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश
2021, August 11th, Wednesday

Puja Sharma

काठमाडौं : सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट

संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । रिट निवेदनमा लुम्बिनी प्रदेश सरकारको गठन तथा मुख्यमन्त्रीको नियुक्ति, नियुक्ति प्रदेशसभाको आह्वान र अन्त्य, अविश्वासको प्रस्ताव

पेश र छलफलको विषय लगायत नेपालको संविधानको धारा १६८ तथा १८८ समेतको व्याख्याको गम्भीर संवैधानिक प्रश्न समावेश भएको पाइएको जारी आदेशमा उल्लेख गरिएको छ । आदेश्मा भनिएको

छ, ‘यी विषयहरुलाई संविधानको सही कार्यान्वयन एवं संसदीय लोकतन्त्रका मान्यताहरुको रोहमा हेरिनु आवश्यक देखिन्छ ।’ लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सोही अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेश प्रमुख अमिक

शेरचनले साउन २७ गते (आज)का लागि विशेष अधिवेशन आह्वान गरेका थिए, भने नेकपा एमालेका प्रदेश सांसद लीला गिरीले विशेष अधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया