को’रोना जोखिमका कारण राष्ट्रिय जनगणना अन्यौलमा
2021, August 13th, Friday

Puja Sharma

काठमाडौं : सरकारले हरेक १० वर्षमा गर्दै आएको राष्ट्रिय जनगणनाको १२ औं संस्करण नयाँ भेरियन्टसहितको को’रोना जोखिमका कारण रोकिएपछि

फेरि कहिले हुने भन्ने अन्योल कायम छ । केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्ने यस वर्षको राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म गर्ने समयालिका तय गरिएको थियो । तर,

अब कहिले गर्ने भन्ने अन्योलमा छ । हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणना नेपालमा पहिलोपटक वि.सं. १९६८ मा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले प्रारम्भ गरेका थिए । पाचौँ जनगणना

विसं २००९ देखि २०११ मा सम्पन्न भयो । यसलाई नै पहिलो आधुनिक जनगणना मानिन्छ । संयुक्त राष्ट्रसंघले तोकेको बहुआयामिक विशेषताहरूलाई समेटेर जनगणना गरिएको थियो । प्राविधिकरूपमा

समस्या आएपछि सो जनगणना विसं २००९ मा नेपालको पूर्वी क्षेत्रमा तथा २०११ मा पश्चिमी क्षेत्रमा गरी दुई चरणमा सम्पन्न गरिएको थियो । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न

निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । विभागको असार ९ गते बसेको बैठकले कोभिडको दोस्रो लहरको साउनदेखि असोजसम्मको

प्रभावलाई मूल्यांकन गरी जनगणनाको अर्को नयाँ मिति तथा कार्यतालिका सार्वजनिक गर्ने पनि निर्णय गरेको थियो । केन्द्रीय तथ्यांक विभागले कोरोनाको महामारीमा भौतिकरुपमा गणना गर्ने अवस्था नभएको

र प्राविधिकरुपमा पनि गर्न नसकिने बताएको छ । नेपालको सन्दर्भमा स्थानीय निकायसम्म कार्यक्रमहरू लैजान, योजना निर्माण गर्न, कार्यान्वयन तथा त्यसको प्रभावकारी अनुगमनका पनि राष्ट्रिय जनगणनाको

महत्वपूर्ण भूमिका रहेको देखिन्छ । त्यसैले जनगणना हेर्दा सामान्य देखिए पनि यसले ठुलो असर पार्ने विभाग बताउँछ । पछिल्लो जनगणना विसं २०६८ मा गरिएको थियो जस अनुसार नेपालको जनसंख्या

दुई करोड ६६ लाख २० हजार ८ सय ९ रहेको विभागको तथ्यांकमा देखिन्छ । यो अघिल्लो जनगणना २०५८ को तथ्यांकभन्दा ३४ लाख ६९ हजार तीन सय ८६ संख्या बढी हो । पाचौं जनगणना बाहेक हरेक

१० वर्षको फरकमै जनगणना सम्पन्न भएको देखिन्छ । जनगणना गराउनका लागि ७७ वटै जिल्लामा जनगणना कार्यालय

स्थापना गरिएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेटमा जनगणनाका लागि एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया