वीरगन्जका निजी तथा सामुदायिक विद्यालय खुले
2021, August 16th, Monday

Puja Sharma

पर्सा : यहाँकाे वीरगन्ज महानगरपालिकमा आइतबारदेखि भौतिक उपस्थितिमै विद्यालय सचांलनमा आएका छन् । महानगरले साउन ३१ गतेबाट

विद्यालय संचालन गर्ने निर्णय गरे अनुसार नै निजी तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुरु गरेको हो । वीरगन्ज महानगरका नगर प्रमुख विजय सरावगीले गत

असार १५ गतेबाट नै विद्यालय संचालन गर्ने योजना बनाए पनि जिल्ला को’भिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अनुमति नदिएकोले विद्यालय संचालनमा ढिलाई भएको बताए । करिब ४ महिना

पश्चात संचालनमा आएका विद्यालयमा विधार्थीहरुको उपस्थिति भने न्यून रहेको थियो । वर्षाको कारण पनि विधार्थीहरुको उल्लेख्य उपस्थिति थिएन । निषेधाज्ञाको बेला विद्यालय बन्द भएपछि

बिधार्थीहरुको शिक्षामा नराम्रो प्रभाव पारेको थियो । निजी विद्यालयले आफ्ना विधार्थीहरुलाई व्यस्त बनाउन अनलाईन कक्षा संचालन गरे पनि सामुदायीक विद्यालयका विधार्थीहरु पढाईबाट वञ्चित

भएका थिए । जसले गर्दा अभिभावकहरु निकै चिन्तित भएका थिए । नगर प्रमुख सरावगीले पर्सामा को’रोना नियन्त्रणमा आएपछि कक्षा संचालन गरिएको बताए । उनले आफूले

स्थानिय सरकारको अधिकार प्रयोग गरेको भन्दै जन स्वास्थ मापदण्डको पालनाको साथ विद्यालय संचालन गरिएको जानकारी दिए । यता पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बीरगंज

महानगरले को’रोना नियन्त्रणमा आएको भन्दै विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ को अनुसार विद्यालय संचालन गर्न गरेको

आग्रहलाई आफूले स्विकार गरेको बताए ।नगर प्रमुख सरावगीले स्थिति अझ सामान्य बन्दै गएपछि साना कक्षाहरु पनि संचालन गर्ने बताए ।

तपाईको प्रतिक्रिया