हलिउडका ५ सबैभन्दा धनी स्टार, कुन कलाकारको सम्पत्ति कति ?
2021, August 16th, Monday

Puja Sharma

काठमाडौं, हलिउड जस्तो ठुलो प्लार्टफर्मको चर्चा संसारभर नहुने कुरौ छैन् । यहाँ यस्ता स्टार (कलाकार) रहेका छन् जसका प्रशंसक संसारभर देख्न पाइन्छ ।

हलिउडका ५ सबैभन्दा धनी कलाकारहरु आखिर को हुन् र कति छ उनीहरुको सम्पत्ति ?हलिउडकी सबैभन्दा धनी अभिनेत्री हुन्, जमी गर्ट्ज । उनी इन्टेलीजेन्ट इन्भेस्टर पनि हुन् ।

‘ट्विस्टर, क्रस रोड्स, लेस देन जीरो’ जस्ता फिल्ममा काम गरिसकेकी उनको कूल नेटवर्थ करीब ३ बिलियन डलर छ । टम क्रूज हलिउडका दोस्रो सबैभन्दा धनी कलाकार हुन् । उनले केही फिल्म

निर्माण पनि गरेका छन् । ‘मिशन इम्पोसिबल, एज अफ टूमारो, ओब्लिवियन, माइनोरिटी रिपोर्ट’ जस्ता फिल्मले सफलताको उचाइमा पुगेका उनको कूल नेटवर्थ ५ सय ७० मिलियन डलर छ ।

हलिउडका तेस्रो सबैभन्दा धनी कलाकार हुन्, जर्ज क्लूनी । उनी अभिनयमा जति सफल छन्, निर्देशनमा पनि उनले आफूलाई स्थापित गरिसकेका छन् । ‘ओसियन्स इलेवन, थ्री किंग्स’ जस्ता फिल्मबाट

लोकप्रियता हासिल गरेका उनको कूल नेटवर्थ ५ सय मिलियन डलर छ । हलिउडका सबैभन्दा धनी कलाकार मध्ये रोबर्ट डी नीरो चौथो नम्बरमा आउँदछन् । आफ्नो अभिनय कलाबाट

संसारभरका दर्शकको मन जितेका उनको कूल सम्पत्ति ५ सय मिलियन डलर छ । हलिउडका सबैभन्दा धनी कलाकारको पाँचौं नम्बरमा आउने नाम हो, मेल गिबसन । उनको कूल सम्पत्ति ४ सय २५ मिलियन

डलर छ ।उनी एक अभिनेता, निर्माता र निर्देशक हुन् । ‘द प्यासन अफ द क्राइस्ट, वी आर सोल्जर्स, ब्रेवहार्ट’ लगायतका फिल्म उनको करिअरकै उत्कृष्ट मानिन्छ । उनले सन् १९९५ मा गोल्डन ग्लोब अवार्ड पनि जितेका थिए ।

तपाईको प्रतिक्रिया