अखिल फोर्सद्वारा छात्राहरुका निम्ति बिशेष राहत
2021, August 16th, Monday

Puja Sharma

नेकपा एमालेको माधव नेपाल समूह निकट अखिल फोर्सले स्यानेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा

फोर्सले आज उपत्यकाको शंकरदेव क्याम्पसमा स्यानेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।देशभरका विद्यार्थीहरुको माग सम्बोधन गर्ने र शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने

उध्देश्य अनुरुप भेन्डिङ मेसिन दिइएको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताए । उनले देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने योजना रहेको पनि जानकारी

दिए ।मेसिन वितरण कार्यक्रममा शंकरदेव क्याम्पसकी उप-प्रमुख मिखा श्रेष्ठले आङ्गिक कलेजहरुमा धेरै कुराको आवश्यक रहेको भन्दै यस्ता कामहरु गर्दै जान

सुझाउनुभयो ।अखिल फोर्सले कलेजमा महिलाहरुका समस्याप्रति कलेज प्रशासनसहित सरोकारवाला कसैको पनि पर्याप्त ध्यान नपुगेको भन्दै अभियान शुरु गरेको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया