सरकारले ल्यायो राजनीतिक दलसम्बन्धी अध्यादेश, आजै राष्ट्रपति कार्यालय पठाइने
2021, August 17th, Tuesday

Puja Sharma

काठमाडौं : सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु-याएर दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश जारी गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए । अध्यादेशमा अब संसदीय

दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बुझिएको छ । प्रमाणिकरणका लागि उक्त अध्यादेश आजै राष्ट्रपति कार्यालय पठाइने जानकारी

गराइएको छ । योसँगै प्रमुख विपक्षी नेकपा (एमाले) र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । त्यसोत, मंगलबार ललितपुरमा बसेको प्रमुख प्रतिपक्षी

दल नेकपा ९एमाले० स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी सरकारले अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया