एक महिनापछि शिल्पा ‘सुपर डान्सरमा’ मा फर्किन्
2021, August 19th, Thursday

Puja Sharma

मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेट्टी करिब एक महिनापछि काममा फर्किएकी छन् । श्रीमान राज कुन्द्राको अश्लील भिडियो प्रकरणकाे सुनुवाइ तय भएसँगै उनी

सार्वजनिक रूपमा काममा आएकी हुन् । उनी पछिल्लो समय भारतको डान्स रियालिटी साे ‘सुपर डान्सर–च्याप्टर ४’ मा निर्णायक टोलीमा छिन् । अन्तत: उनी केही एपिसोडको ग्याप पछि

साेमा फर्किएकी हुन् । बलिउड हंगामाका अनुसार उनी साेको मंगलबार (अगस्ट १७) को एपिसोडको छायांकनमा उपस्थित भएकी थिइन् । योबीच पनि साेकाे निर्माण टिम उनीसँग सम्पर्कमा थियाे ।

अगस्टको सुरुवातमा उनले आफ्नो पतीको पछिल्लो मुद्दामा विज्ञप्ति जारी गरेकी थिइन् । जसमा उनले मिडियाले अनावश्यक र बेतुकको

हल्ला फैलाएर उनको र परिवारको छवि बिगारेको आरोप लगाएकी थिइन् । यति मात्रै नभई यसले उनलाई पनि अनावश्यक मुछेको र समग्र उनीहरूको व्यवसायमा पनि असर पुगेको गुनासो पोखिन् ।

तपाईको प्रतिक्रिया