मानुषी लघुवित्तको आइपिओ बाँडफाँड आज
2021, August 23rd, Monday

Puja Sharma

काठमाडौं : मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आज (सोमबार) बिहान बाँडफाँड हुँदै छ । बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिहान साढे ८ बजे

आइपिओ बाँडफाँड गरिने । आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । धेरैको हात्त रित्तो हुने भएको छ । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले र तीमध्येबाटै ३ जनाले थप १–१

कित्ताका दरले सेयर पाउने छन् । कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।

तपाईको प्रतिक्रिया