प्रिमियर लिग : टोटेनहमको लगातार दोस्रो जित
2021, August 23rd, Monday

Puja Sharma

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले बाल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउनको लागि डेले अलीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । सर्जियो रिगुइलोनको थ्रु पासमा गोलरक्षक जोस शाले

पेनाल्टी बक्समा डेल अलीलाई लडाएपछि टोटेनहमले पेनाल्टी पाएको थियो । पहिलो खेलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । यो जितसँगै

टोटेनहमको २ खेलबाट ६ अंक जोडेको छ । पराजित वल्भ्सले अंकको खाता खोल्न सकेको छैन । वल्भ्स पहिलो खेलमा लेस्टर सिटीसँग १–० ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया