अमलाको अचार कसरी बनाउने ? जान्नुहोस् केही तरिका
2021, August 29th, Sunday

Puja Sharma

आवश्यक सामग्री (चार जनाको लागि)अमला-१५० ग्राम सुकेको रातो खुर्सानी-४ वटा नुन-१ चम्चा लसुन-२ केस्रा
अदुवा ठिक्कको-१ टुक्रा

रायोको धूलो-५ ग्राम जिम्मु-३ ग्राम फर्सीको बियाँ-१० ग्राम (भुटेर पेष्ट बनाएको) तोरी तेल-१ चम्चा ठूलो चम्चाको बनाउने विधि नुन, खुर्सानी, लसुन र अदुवा सिलौटामा पिँध्ने ।

त्यसैमा अमला फुटाएर भित्रको दाना फालेर पिँध्ने ।सबै मसला सहित एउटा बाटामा राख्ने ।

-तेल तताउने, रायो र जिम्मु फुराएर त्यसैमा अमला र मसलाहरू ओइरिदिने, चलाएपछि लेदो अचार तयार हुन्छ ।

तपाईको प्रतिक्रिया