नेपाल र भारतबीच हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दर्शकले प्रवेश पाउने
2021, September 1st, Wednesday

Puja Sharma

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दर्शकले प्रवेश पाउने बताएको छ ।

बुधबार (आज) आयोजित पत्रकार सम्मेलनमा (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शक प्रवेशका लागि नेपाल सरकार र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट

अनुमति प्राप्त भइसकेको जानकारी गराएका हुन् ।त्यस्तै, एन्फाका अध्यक्ष शेर्पाले प्रत्येक खेलमा ५ हजार १ सय दर्शकले प्रवेश पाउने र टिकटको बिक्री अनलाइनबाट हुने बताएका छन् ।

यसका साथै रंगशाला प्रवेशका लागि दर्शकहरुले खोपको दुवै मात्रा लिइसकेको वा पीसीआर परीक्षण गरेको नतिजा पेस गर्नुपर्ने भएको छ ।यता एन्फाका उपाध्यक्ष तथा

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहले आयोजनाका सम्पूर्ण तयारी पूरा भइसकेको बताए । त्यस्तै सरकारले तोकेको सबै स्वास्थ्य आचारसंहिताको पूर्ण पालना गर्ने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया