‘च्याट शो’ मा शिल्पा शेट्टी हाँसेको देखेर युजरले भने, ‘लाज छैन ?’
2021, September 4th, Saturday

Puja Sharma

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा फ’सेपछि शिल्पामाथि धेरै प्रकारका प्रश्नहरु उठाइएको छ ।

राजको विवादाले शिल्पाको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर परेको छ । पतिको पोनोग्राफी केस चलिरहेको समयमा शिल्पा शेट्टी एउटा च्याट शोको प्रोमोमा देखिएकी छन् ।

उनी जेनिस सेक्युएराको टक शोमा क्रिकेटर बी यु निकसँग देखिएकी छन् । तर, शोको प्रोमो आएसँगै शिल्पामाथि विभिन्न प्रकारका प्रतिक्रिया जनाउन थालिएको छ ।यद्यपि, उक्त च्याट शोको शुटिङ राज कुन्द्रा

पोनोग्राफी मामिलामा प’क्राउ पर्नुअघि जुलाईमा लिइएको थियो । शोको प्रोमो भिडियोमा शिल्पा शेट्टी ठूलो ठूलो आवाजमा हाँसेकी छन् । तर, ट्रोलर्सले शिल्पालाई हाँसेको देखेर राज

कुन्द्राले पोर्न कन्टेन्ट बनाएको विषयलाई जोड दिँदै ट्रोल गर्न सुरु गरेका छन् । एक युजरले शिल्पा शेट्टीको भिडियोमा प्रतिक्रिया

जनाउँदै लेखेका छन्, ‘ राज कुन्द्राले पोनोग्राफीमार्फत कति युवतीहरूको जिन्दगी बर्बाद बनायो । यति ठूलो स्क्यान्डलपछि पनि कसरी मान्छे यति खुशी हुन सक्छ ? लाज लाग्दैन ?’

तपाईको प्रतिक्रिया