चिनियाँ लडाकु विमानहरू हाम्रो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गर्‍यो : ताइवान
2021, September 7th, Tuesday

Puja Sharma

एजेन्सी : चिनियाँ लडाकु विमानहरू ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाइएको छ । आइतवार चिनियाँ लडाकु विमानहरूको ठूलो जत्था ताइवानको हवाई प्रतिरक्षा

क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । बीबीसीका अनुसार रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता राख्ने विमान सहित १९ वटा लडाकु विमानहरू ताइवानले ूएअर डिफेन्स आइडेन्टीफीकेसन जोनू

भन्ने गरेको क्षेत्रमा प्रवेश गरेको बताएको छ । एक वर्ष भन्दा लामो समयदेखि चिनियाँ हवाई सैन्यले बारम्बार उक्त टापु नजिकै उडान गर्दै आएको जनाइएको छ । चीनले प्रजातान्त्रिक ताइवानलाई आफ्नै एक छुट्टिएको

प्रान्तका रूपमा हेर्छ तर ताइवानले भने आफूलाई सार्वभौम राज्य मान्छ । ताइवानको रक्षा मन्त्रालयले आइतवार बताए अनुसार चिनियाँ

उडानमा चार वटा एच–६ बम हमला गर्ने बम्बर विमानहरू पनि थिए जसले परमाणु अस्त्र प्रहार गर्नुका साथै पनडुब्बीहरूलाई आक्रमण गर्न सक्छ ।

तपाईको प्रतिक्रिया