नेपालले सातौ सफलता हात पर्‍यो, डेब्यू खेल्मै विक्रमको दुई विकेट
2021, September 7th, Tuesday

Puja Sharma

काठमाडौं,पपुवा न्यूगिनीसँग दुई एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत जारी पहिलो खेलमा नेपालले सातौ सफलता हात पारेको छ ।

जारी खेलमा खेलमा सन्दीप लामिछानेले तीन, विक्रम शोवले दुई तथा कुशल मल्लले पनि दुई विकेट लिइसकेका छन् । २५ ओभरको खेल सकिँदा पपुवा न्यूगिनीले

सात विकेट गुमाएर मात्र १०३ रन जोडेको छ । एकदिवसीय खेलमा डेब्यू गरेका विक्रम शोवले पहिलो बलमै विकेट लिएका थिए । शोवले दोस्रो ‌ओभरको

पहिलो बलमा पिएनजीका टोनी उरालाई बोल्ड गरेका थिए । दोस्रो ओभर फाल्न चौथो ओभरमा आएका

विक्रमले व्यक्तिगत दोस्रो विकेट लिए । ओमानको अमेरात मैदानमा टस हारेको नेपालले पहिले बलिङ गरिरहेको हो ।

तपाईको प्रतिक्रिया