खेल्दा खेल्दैको बल कुकुरले लगेपछि…
2021, September 12th, Sunday

Puja Sharma

आएरल्याण्ड वुमेन्स टी २० कपको सेमिफाइनलमा शनिबार अनौठो घटना भयो ।सेमिफाइनल खेलमा ब्रीडी र सीएसएनआइ भिडिरहेका थिए ।

यो म्याच भइरहेका बेला एउटा कुकुर मैदानमा कुद्दै गएर खेल्दा खेल्दैको बल लिएर भागेपछि अहिले यसको चर्चा भइरहेको छ । कुकुरका कारण केहीबेर प्रभावित

भएका खेल पुनः शुरु भएको थियो ।यो घटनाहुँदा सीएसएनआइ टिमले ब्याटिङ गरिरहेको थियो । नवौं ओभरको तेस्रो बलमा ए लिकीले प्वाइन्ट र थर्ड मेनको बीचमा शट प्रहार गरेकी थिइन् ।

उक्त बल फिल्डरले कलेक्ट गरेर स्टम्प तर्फ फालेकी थिइन् । उनले बल फाल्दा कुकुर दौड्दै आएको थियो ।विकेटकिपरले फिल्डरबाट बल कलेक्ट गरेपछि

स्टम्पमा प्रहार गर्दा बल फेरि कुकुरकै नजिक पुग्यो । त्यसपछि उक्त बल कुकुरले लियो र मैदानको यता

उता दौडिएको थियो । केही बेरमा एकजना बाहिरबाट दौड्दै आएर कुकुरबाट बल छुटाएर खेलाडीलाई दिएका थिए ।

तपाईको प्रतिक्रिया